Techie IT
शनिबार, वैशाख ६,२०८२

मकवानपुरमा सहित थप ९ मा कोरोना पुष्टि,संक्रमितको संख्या २५८


काठमाडौ । थप मा कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालगञ्जमा थप ९ मा कोरोना भाइरस पोजेटिभ देखिएको हो । संक्रमितको संख्या २५८ पुगेको छ भने निको हुनेको संख्या ३५ छ ।
हिजो ६ जनामा कोरोना पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या नौं (९) छ । जो मकवानपुर निवासी ३७ बर्षीय पुरुष; बाँके, नैनापुर-०१, ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षीय पुरुषहरू हुनुहुन्छ । हाल सम्म प्राप्त विवरण अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।

 


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545