Techie IT
बुधबार, माघ २३,२०८१

पर्यटन व्यवसायी मिङ्माले दिए खाँदबारी नगरपालिकालाई ३००० केजी चामल


संखुवासभा मकालुका पर्यटन व्यवसायि मिङ्मा शेर्पाले खाँदबारी नगरपालिकालाई ३ हजार के.जी. चामल सहयोग गरेका छन् । नेपाल शेर्पा संघ संखुवासभा मार्फत नगरपालिकालाई १ सय २० बोरा चामल सहयोग गरेको हो ।

नेपाल शेर्पा संघ, संखुवासभाका कार्यावाहक अध्यक्ष वाङ्छे शेर्पाको अनुरोधमा सेभेन समिट ट्रेक एण्ड ट्राभल्सका अध्यक्ष रहेका मिङमा शेर्पाले राहत सामाग्री सहयोग गर्नुभएको हो । कोभिड १९ माहामारीका कारण भएको लकडाउनबाट समस्या परेका अति विपन्न परिवारलाई नगरपालिका मार्फत राहत उपलब्ध गराएको हो ।

राहत सामाग्री बुझ्दै खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले नेपाल शेर्पा संघ संखुवासभा र मिङ्मा शेर्पालाई धन्यवाद दिनुभयो । मेयर खतिवडाले नगरपालिकाले नगरपालिका मार्फत राहत कोष स्थापना गरि सहयोगका लागि अनुरोध गरिरहेको बताउनुभयो  । खतिवडाले राहत आर्थिक भए बैंक खातामा र जिन्सी भए नगरपालिकामा सहयोग गर्न अनुरोध गरिएको बताउनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:48 pm +0545