Techie IT
बुधबार, माघ २३,२०८१

भारतद्धारा नेपाली भूमि अतिक्रमण गरेकोमा महासंघद्धारा भत्र्सना


काठमाडौ २८ वैशाख । नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करिव २२ किलोमिटर सडक निर्माण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी दुई देशबीच सहमति र सन्धि भई सीमाको सिमाङ्कन भइसकेको अवस्थामा भारतद्वारा त्यसलाई नजरअन्दाज गरी एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु आफैंमा दुःखद् र खेदजनक कार्य भनेको बताएका छन् ।

विज्ञप्तिमा भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नुका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल् पुग्ने खतरा बढेको महासंघको ठहर छ ।

महासंघ भारतद्वारा गरिएको यो अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।


क्याटेगोरी : विशेष, समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:48 pm +0545