Techie IT
आईतबार, वैशाख ७,२०८२

गौतमको त्याग र बलिदान बिर्सन नहुने ः नेतृ शाक्य


काठमाडौँ, वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले उपाध्यक्ष बामदेव गौतमलाई ललिपप देखाउँदै केटाकेटीलाई झुक्याए जस्तै नगर्न शीर्ष नेतालाई चेतावनी गरेकी छन् ।
उनले ताजाखबरसंग कुराकानी गर्दै पार्टी निमार्णमा गौतमको त्याग र बलिदानलाई नबिर्सन भन्दै गौतमका बिषयमा सचिवालय बैठकम गरेको निर्णय कार्यन्वयन गर्नुपर्ने बताइन ।
शाक्यले नेपालमा दुईधारबाट चलिरहेका कम्युनिष्टलाई एउटै पार्टीमा गाँभेर नेकपा बनाउने काम यदि गौतमको पहलमा नभएको आज मुलुकको स्वरुप अर्कै हुने थियो भन्दै उहाँलाई प्रतिनीधि सभामा ल्याउनका लागि गरिएको निर्णय स्वागत योग्य रहेको बताईन् । उनले प्रतिनीधि सभामा गौतमको आवश्यकता रहेको औल्याउँदै कुनै पनि हालतमा यसपटक सचिवालयले गरेको निर्णय कार्यान्वयन हुनु पर्नेमा जोड दिइन् ।
नेता गौतमलाई प्रतिनीधि सभामा ल्याउनका लागि पुरा गरिनुपर्ने सबै प्रक्रियाहरु पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डले मिलाउनुपर्ने बताइन् ।
‘गएको चुनावमा पाँच वर्षको लागि हारेकै भएतापनि अहिलेको आवश्यकतालाई महसुस गरेर उहाँलाई प्रतिनीधि सभा सदस्यका लागि ल्याईएको प्रस्तावलाई कार्यान्वयनमा लैजान सबैले सकारात्मक भूमिका खेल्नु पर्दछ ।’ शाक्य भन्छिन् ।

कोरोनाको संक्रमण सामान्य भएपछि नेता गौतमलाई प्रतिनीधि सभा लैजानका लागि उपयुक्त निर्वाचन क्षेत्र खाली गराउने अभ्यासमा लाग्नु पर्ने उनको जोड रहेको छ । गौतमको पक्षमा व्यापक जनमत योजनाबद्ध तरिकाबाट गर्न समेत शीर्ष नेतृत्वलाई आग्रह गरिन् ।
कुराकानीकै क्रममा शाक्यले प्रतिनीधि सभा सदस्य बन्न अहिलेको परिप्रक्षेमा नेता गौतमका लागि त्यत्ति सजिलो नभएको बताउँदै पार्टीले नै यसको अभ्यास गर्नुपर्नेमा जोड दिएकी छन् ।
एउटा हारेको नेताका लागि आफूले जितेर नाम कमाएको ठाउँ छोडिदिन जो कसैका लागि पनि त्यत्ति सजिलो नहुने भन्दै शाक्यले त्यो कुराको अभ्यास अब नेता गौतमबाट सम्भव नभएको र त्यसका लागि पार्टीले नै गम्भिर भएर लाग्नुपर्ने बताइन् ।

गौतमलाई पछिल्लो समय एउटा सामान्य कार्यकर्तालाई गरे जस्तो व्यवहार गरिएको भन्दै शाक्यले यस विषयमा समेत आपत्ति जनाएकी छन् । उनले गौतम यो देशको सक्षम नेता रहेको भन्दै मुलुकको नेतृत्व एक पटक गर्नुदिनुपर्ने भनाई राखिन् । उनले प्रधानमन्त्री ओलीलाई ईशारा गर्दै पार्टीलाई फोहोरी बनाउने खेल नखेल्न खबरदारी समेत गरिन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #बामदेव गौतम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545