Techie IT
बुधबार, माघ २३,२०८१

संखुवासभामा लकडाउनले रोकिएको नियमित खोप सेवा शुरु ( भिडियो सहित )


संखुवासभा– स्वास्थ्य कार्यालय संखुवासभाले बालबालिकाहरुलाई दिदै आएको नियमित खोपलाई निरन्तरता दिन थालेको छ । कोरोना भाईरस (कोभिड—१९ ) का कारण चैत ११ बाट अवरुद्ध भएको नियमित खोप सेवा गत बुधबारदेखि शुरु गरेको जिल्ला स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो । दुरी कायम गरेर खोप संचालन गरिएको बाह्रकोटीले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागको निर्देशन पछि १ नम्बर प्रदेशका १४ जिल्लामा सामाजिक दुरी कायम गरेर खोप सेवा सुरु गरिएको हो । प्रदेश १ मा २ बर्ष मुनिका बालबालिका २ लाख बढी बालबालिकालाई १२ प्रकारका रोगबाट बचाउन ११ वटा खोप लगाईएको छ । विसिजी, डिपीटि, दादुरा रुवेला लगायतका नियमित खोप लकडाउन पछि चैत ११ बाट बन्द गरिएको थियो ।

जिल्ला स्वास्थ संखुवासभाको खाँदबारी खोप केन्द्रमा बच्चालाई खोप लगाईदै । तस्बिर : सुजन बज्राचार्य/संखुवासभा

संखुवासभामामात्रै २ सय ६ वटा खोपकेन्द्रमा ६ हजार बालबालिकालाई यी खोप लगाईएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्ला स्वास्थ संखुवासभाको खाँदबारी खोप केन्द्रमा बच्चालाई खोप लगाईदै । तस्बिर : सुजन बज्राचार्य/संखुवासभा

क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #AVS TV.Online, #जिल्ला स्वास्थ कार्यालय संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
6:46 am5:48 pm +0545