डा. श्रेष्ठद्वारा स्वास्थ्य सामग्री सहयोग
हेल्पिङ हेण्डस् सामुदायिक अस्पताल काठ्माण्डौका सञ्चालक डाक्टर गुप्त बहादुर श्रेष्ठले जिल्लाका ६ स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । डाक्टर श्रेष्ठले जिल्ला समन्वय समिति मार्फत अत्यावश्यक अक्सिजन कन्सनट्रेटर (Oxygen Concentrator) सहितको सामग्रीहरु उपलब्ध गराउनुभएको हो ।
उक्त समाग्रीहरु बिहिबार एक कार्यक्रमका विच जिल्ला समन्वय समितिले सम्बन्धीत स्वास्थ्य कार्यालयहरुलाई हस्तान्तरण गरेको हो । डाक्टर श्रेष्ठले ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र, नुम प्राथमिक स्वास्थ्य केन्द्र, वाना प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक अक्सिजन कन्सनट्रेटर, निबुलाईजर, पल्स ओक्सीमिटर, आस्थालिन सोलुसन, पिपिई सेट, एन ९० मास्क लगायतका ९ प्रकारका सामग्री सहयोग गर्नुभएको हो । डाक्टर श्रेष्ठले एक प्राथमिक स्वास्थ्य केन्द्रलाई करिव डेढ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गर्नुभएको हो ।
त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल खाँदबारी र तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई पनि स्वास्थ्य सामग्रीहरु सहयोग गर्नुभएको छ । अस्पताल र स्वास्थ्य कार्यालयलाई पिपिई सेट, स्यानिटाईजर, मास्क लगायतका सामग्रीहरु सहयोग गर्नुभएको हो । तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई मेडिकल मास्क र स्यानिटाईजर उपलब्ध गराउनुभएको हो ।
संखुवासभाको वानामा जन्मनुभएका डाक्टर श्रेष्ठ जिल्लाको स्वास्थ्य क्षेत्रमा यस अघिदेखि नै योगदान गर्दै आएको चिकित्सकको रुपमा लिईन्छ । जिल्लाबाट काठ्माण्डौ उपचारमा लगिएका विरामीहरुको न्युन खर्चमा उपचार गराउने देखि आफै उपचारमा लागि पर्ने डाक्टरका रुपमा उहाँ परिचित हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्