Techie IT
मंगलबार, वैशाख ९,२०८२

मेयर हर्क साम्पाङ्गकै नेतृत्वमा धरानका माओवादी नेता लिम्बूमाथि कुटपिट


विराटनगर । धरानका मेयर हर्क साम्पाङ्गका समर्थकले धरानका स्थानीय माओवादी नेता सन्तोष लिम्बूमाथि कुटपिट गरेका छन् ।

बाटो निर्माणको विषयमा भएको विवाद मिलाउन सोमबार पुगेका साम्पाङ्गले समर्थकलाई उकासेपछि लिम्बूमाथि कुटपिट भएको हो । बाटोसम्बन्धी विवाद छलफल मिलाउनुको साटो साम्पाङ्गले मुख छाड्दै गाली गरेको र आफूमाथि कुटपिटसमेत भएको भएको लिम्बूले बताए ।

सन्तोष टोल विकास संस्थाका अध्यक्षसमेत हुन् । धरान-११ मा नगरकोट-बानडाँडा बाटो स्तरोउन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो । तर, स्थानीयबी विवाद भएपछि हिजो छलफल राखिएको थियो ।

मेयर साम्पाङ्गले लिम्बूलाई वडा सदस्यजत्तिको पनि हैसियत नभएको भन्दै छलफल गर्न जरुरी नभएको बताएको त्यहाँ रहेकाले बताए ।

हैसियत नभएको भन्दै गाली गरेपछि लिम्बू र मेयर साम्पाङगबीच विवाद भयो ।

‘मेयर नै मुख छाड्दै हातपातमा उत्रिन खोजेपछि अरु उक्सिएर ममाथि हमला भयो’, लिम्बूले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मेयर हर्क साम्पाङ्गकै नेतृत्वमा धरानका माओवादी नेता लिम्बूमाथि कुटपिट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:30 am6:33 pm +0545