Techie IT
सोमबार, वैशाख ८,२०८२

तीनकुने घटनामा पक्राउ परेका राणा हाजिर जमानीमा रिहा


काठमाडौं, ८ वैशाख । गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा गएराति परिवारको जिम्मा लगाइएको हो ।

तीनकुने घटनामै संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेताहरु भने प्रहरी हिरासतमा नै छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तीनकुने घटनामा पक्राउ परेका राणा हाजिर जमानीमा रिहा


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545