Techie IT
आईतबार, वैशाख ७,२०८२

राप्रपा रणनीति : सीमित नेताहरूले झण्डासहित निषेधित क्षेत्र तोड्ने, मुठभेडबिना गिरफ्तारी दिने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको जनप्रदर्शनमा प्रहरीसँग मुठभेड नगर्ने रणनीति लिएको छ । निषेधित क्षेत्र तोड्ने योजना भए पनि त्यो शान्तिपूर्ण हुने नेताहरूले बताएका छन् ।

 

एक नेताका अनुसार मुख्य प्रदर्शन बिजुली बजारमा हुनेछ । त्यहाँबाट सीमित संख्यामा नेताहरू पार्टीको झण्डा बोकेर निषेधित क्षेत्रमा प्रवेशको प्रयास गर्ने छन् । तर प्रहरीले रोकेको खण्डमा धेरै घम्साघम्सी नगर्ने बताइएको छ ।

‘प्रहरीले सुरूमै अनावश्यक बल प्रयोग गर्‍यो भने बेग्लै कुरा नत्र हाम्रो तर्फबाट मुठभेड हुँदैन,’ ती नेताले भने ।

 

प्रहरीले धरपकड गर्न खोजे सामूहिक गिरफ्तारी दिने उनले बताए ।

निषेधित क्षेत्रमा ठुलो जुलुस नलैजाने राप्रपाले जनाएको छ । अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमार्फत यसको जनाउ दिएका छन् । आजको जनप्रदर्शन निरंकुशताविरूद्धको प्रतिकात्मक मात्रै हुने भन्दै उनले सत्ताधारीहरूलाई नडराउन आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मुठभेडबिना गिरफ्तारी दिने, #राप्रपा रणनीति : सीमित नेताहरूले झण्डासहित निषेधित क्षेत्र तोड्ने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545