Techie IT
शनिबार, वैशाख ६,२०८२

घाइते अवस्थामा थानकोट प्रहरी कार्यालयमा पुगे पुरूष


काठमाडौं, ५ बैशाख । चन्द्रागिरिमा एक जना पुरुष घाइते अवस्थामा फेला परेका छन् । उनको घाँटीमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

उनी हेटौँडाका नवराज दाहाल भएको खुल्न आएको छ । उनी घाइते अवस्थामा आफैँ प्रहरीको सम्पर्कमा पुगेका थिए । उनले प्रहरीलाई वैशाख १ मा चन्द्रागिरि नगरपालिकामा पर्ने डाँडामा आफूलाई एउटा समूहले आक्रमण गरेर आफूसँग भएको ३० लाख रकम लुटेर फरार भएको बताएका छन् ।

उनको घाँटीमा धारिलो हतियारले रोपेको पाइएको प्रहरीले जानकारी दिएको छ । उनलाई उपचारको लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #घाइते अवस्थामा थानकोट प्रहरी कार्यालयमा पुगे पुरूष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545