Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाल आईपुगिन् देवी प्रतिभा, पोखरामा भव्य स्वागत


काठमाडौं, ५ बैशाख । कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् ।

उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आएकी हुन् । विश्व प्रसिद्ध कथा वाचिका प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोमको उद्घाटन गर्ने आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तीले जानकारी दिए ।

देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययवादनको समूह समेत रहेको बताइएको छ । उनले पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन् ।

त्यस्तै शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल आईपुगिन् देवी प्रतिभा, #पोखरामा भव्य स्वागत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545