शिक्षक आन्दोलनले बैंकको किस्ता, यातायात मजदुर-व्यवसायीको रोजिरोटी ठप्प भएको महासंघको भनाइ

काठमाडौं । सार्वजनिक यातायात केन्द्रिय महासंघले शिक्षक महासंघको आन्दोलनको कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै ध्यानाकर्षण गराएको छ । महासंघले अवरुद्ध सडक सुचारु गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।
२० चैतदेखि नेपाल शिक्षक महासंघद्वारा नियमित रुपमा माइतीघर– बबरमहल –बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनबाट सडक प्रयोगकर्ता यातायात व्यवसाय सञ्चालनमा १६ दिनदेखिको निरन्तर सडक अवरोधबाट यातायात क्षेत्रमा पर्ने बैंक किस्ता, कर राजश्व, वीमा, कर्मचारी, मजदुरलगायत माथिको आर्थिक हानी नोक्सानी भएको उनीहरुको गुनासो छ ।
त्यस्तै राजधानीका मुख्य सडक नै आन्दोलनको रणमैदान बनाई रहँदा र विगतका दिनहरुमा जुनसुकै पक्षबाट आन्दोलन हुँदा त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा पर्ने गरेको, देशको राजधानीको केन्द्रविन्दुमा हुने यस्ता महिनौका गतिविधिले राष्ट्रिय अन्तराष्ट्रिय जगतमा जाने नकारात्मक सन्देश सँगसँगै बाटो प्रयोगकर्ता आम नागरिक सर्वसाधरण र सिंगो यातायात तथा अन्य व्यवसायमा असहज परेको भन्दै महासंघले यसअघि विज्ञप्तिमार्फत अनुरोध गरेको थियो।
बन्द हड्ताल, भेला, सभा, जुलुश, धर्ना, आन्दोलन, हुलहुज्जत र बाटो अवरोध जस्ता कार्यले सवै क्षेत्र तथा सर्वसाधरणमा नकारात्मक असरका साथ शान्ति सुरक्षा अमन चयनमा खलवल मच्चाउन प्रेरित गर्ने भएकोले यस्ता गतिविधि नियन्त्रण गरी सर्वसाधारणप्रतिको अमन चयन कायम राख्ने निकाय गृह प्रशासन, जिल्ला प्रशासन कार्यालय, मुख्य निकाय हुँदा जारी शिक्षक आन्दोलनबाट उपत्यकामा चल्ने हजारौं सार्वजनिक यातायात सञ्चालन माथिको कठिनाई प्रति गम्भीरतापूर्वक लिन विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
साथै सहज सडक सुचारु गराई यातायात क्षेत्रका व्यवसायी, मजदुर, कर्मचारी तथा आम उपभोक्ताहरुको आक्रोशलाई मध्य नजर गरी यातायात सञ्चालनमा सहजीकरण गराईदिन अपिल गरेको महासंघका महासचिव भरत नेपालले जानकारी गराए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यातायात मजदुर-व्यवसायीको रोजिरोटी ठप्प भएको महासंघको भनाइ, #शिक्षक आन्दोलनले बैंकको किस्ता
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्