Techie IT
शनिबार, वैशाख ६,२०८२

कवाड गोदाममा महानगरको डोजर, नगर प्रहरीसँगको झडपमा केही घाइते


काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी र कवाडी व्यवसायीबीच झडप हुँदा २ जना घाइते भएका छन् ।

च्यासलमा कवाडी सामान भण्डारण गरिएको स्थान खाली गर्न महानगरपालिकाले जारी गरेको सूचनालाई अवज्ञा गरेपछि कवाडी संकलन केन्द्रमा महानगर प्रहरीले डोजर लिएर गएको थियो । सोही क्रममा कवाडी संकलन केन्द्रमा डोजर चलाउँदा बिहीबार सवा ११ बजे दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

झडपका क्रममा महानगर प्रहरीका इन्ससपेक्टर ५० वर्षीय ईश्वरी वाग्ले घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । कवाडी व्यवसायीको सर्लाही, रामनगर- ४ का ३५ वर्षीय होसनारायण यादव पनि घाइते भएका छन् । उनको पनि टाउकोमा चोट लागेको छ ।

घाइतेको सिभिल अस्पताल, मीनभवनमा उपचार भइरहेको बोहराले बताए । झडपमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रौतहट, मौलापुर( ४ घर भई कोटेश्वर बस्ने १८ वर्षका सन्जिव यादव र सर्लाही रामनगर गापा- १ का ३५ वर्षीय जोतनारायण यादव छन् । उनीहरूलाई प्रहरी बृत्त, नयाँ बानेश्वरको हिरासतमा राखिएको प्रवक्ता बोहराले बताए ।

यता कवाड व्यवसायी  समाजले  महानगरले  कवाडी व्यवसायीमाथि दमन गरेकाे आराेप लगाएकाे छ ।  घटनापछि एक विज्ञप्ती जारी गर्दै  कवाड व्यवसायी र संकलकमाथि भइरहेकाे गुण्डागर्दी र ज्यादतीलाई तत्काल राेक्न  सरकार र सराेकारवाला निकायसँग अनुराेध गरेकाे छ  ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कवाड गोदाममा महानगरको डोजर, #नगर प्रहरीसँगको झडपमा केही घाइते


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545