Techie IT
बुधबार, वैशाख ३,२०८२

रामेछापबाट लुक्ला उडेको जहाज काठमाडौंमा ‘फोर्स ल्याण्ड’ गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध


काठमाडौं । त्रिभुवन विमानस्थलमा ५ मिनेट अवरुद्ध भएको छ । जहाजमा समस्या आएपछि जहाज हटाउने समयमा विमानस्थल अवरुद्ध भएको हो ।

 

रामेछापबाट लुक्ला जान लागेको सिता एयरको जहाजमा समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण गर्दा विमानस्थल नै अवरुद्ध भएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले १० बजेर ६ मिनेटदेखि १० बजेर ११ मिनेटसम्म विमानस्थल अवरुद्ध भएको बताए ।

 

उनका अनुसार अहिले सिताको जहाज पार्किङमा लगिएको छ । भने उडान र अवतरणमा केही समस्या छैन । जहाजको चेक जाँच भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रामेछापबाट लुक्ला उडेको जहाज काठमाडौंमा ‘फोर्स ल्याण्ड’ गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:36 am6:30 pm +0545