Techie IT
बुधबार, वैशाख ३,२०८२

त्रिरत्न आवासीय विद्यालयमा अभिभावक दिवस तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


काठमाडौं– त्रिरत्न आवासीय विद्यालय प्री-स्कूलले अभिभावक दिवस तथा युकेजी कक्षाका विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको अडिटोरियममा आयोजित उक्त कार्यक्रम विद्यालयका अध्यक्ष  रबी राज शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि ट्रमा सेन्टरका पूर्व महानिर्देशक तथा हाल सामुदायिक अस्पताल, डल्लु स्वयम्भूका प्रमुख सुपरीटेन्डेन्ट प्रोफेसर डा. बुलन्द थापा हुनुहुन्थ्यो। डा. थापाले बालबालिकाको जोखिमयुक्त स्वास्थ्य अवस्थाबारे सचेत रहन अभिभावकहरूलाई सल्लाह दिनुका साथै विद्यालयले प्रदान गर्दै आएको संस्कारयुक्त, नैतिकतापूर्ण र गुणस्तरीय शिक्षाको उच्च प्रशंसा गर्नुभयो। उहाँले त्रिरत्न विद्यालयले ‘रत्न मात्र होइन, संस्कारयुक्त डायमण्ड नागरिक’ उत्पादन गर्ने लक्ष्य बोकेको उल्लेख गर्दै सफल भविष्यको शुभकामना पनि दिनुभयो।

कार्यक्रममा स्वयम्भू वडा नं. १५ इकाई मानव अधिकारवादी तथा United Nature International Peace Nepal का बोर्ड निर्देशक दीपक चन्द्र गौतमले विद्यालयको निरन्तर प्रगतिप्रति शुभकामना व्यक्त गर्नुभयो। यस्तै, संस्थाका राष्ट्रिय बालबालिका संयोजक तथा सामाजिक अभियन्ता श्री हरि हरण मानन्धरले विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराएर सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेकोमा विशेष प्रशंसा प्रकट गर्नुभयो।

अन्य विशिष्ट अतिथिहरूमा सामुदायिक अस्पतालका व्यवस्थापन संयोजक  निशा अधिकारी थापा, महासचिव  प्रकाश श्रेष्ठ, समाजसेवी पद्मा तुलाधार, क्यानडाबाट आउनुभएका अतिथि दुर्गा बस्तौला, स्वर्ण दीप स्कुलकी संस्थापक देविका गुरुङ तथा विद्यालयका प्रिन्सिपल लगायतको उपस्थिति रहेको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल डा. राजु लामा ‘कोन्दन’ ले विद्यालयको हालसम्मको योगदान, शैक्षिक उपलब्धिहरू तथा भावी योजनाहरूको जानकारी अभिभावकहरूलाई गराउनुका साथै उपस्थित सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभयो।

कार्यक्रमको स्वागत मन्तव्य प्री-कॉर्डिनेटर सुषमा ले दिनुभएको थियो भने कार्यक्रमको आकर्षक सञ्चालन विद्यालयका ECA कोअर्डिनेटर जेम्स लामाले गर्नुभएको थियो।

दीक्षान्त समारोहको अवसरमा प्रमुख अतिथि डा. थापाले युकेजीका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभयो। साथै, नर्सरी, एलकेजी र युकेजी कक्षाका विद्यार्थीहरूले प्रस्तुत गरेका साङ्गीतिक, नृत्य र सांस्कृतिक कार्यक्रमहरूले उपस्थित अतिथि र अभिभावकलाई मन्त्रमुग्ध बनाएको थियो।

समापन सत्रमा प्रिन्सिपल डा. लामा ‘कोन्दन’ ले सबै विशिष्ट अतिथिहरू, आदरणीय अभिभावकगण, नृत्य संयोजक सूर्या कार्की, दीपेश माझी, उप-प्रिन्सिपल दिलु लामा, कोअर्डिनेटर मञ्जु श्रेष्ठ, सुपरभाइजर विकास प्रधान, सम्पूर्ण शिक्षक–शिक्षिका तथा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mist
5:36 am6:30 pm +0545