Techie IT
बुधबार, वैशाख ३,२०८२

सुनसरी देवानगञ्ज गोली काण्ड : सन्दिग्ध २ पक्राउ, ३ जना फरार


विराटनगर । सुनसरीको देवानगञ्जमा भएको गोली काण्डमा संलग्न आरोपमा दुई सन्दिग्ध पक्राउ परेका छन् । ३ जना फरार रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझको यो घटनामा गोली लागेर देवानगञ्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता र रविनकुमार यादव घाइते भएका थिए । पेटमा गोली लागेका शिवकुमारको अवस्था गम्भीर छ । उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनामा सन्दिग्ध मानिएका देवानगञ्ज-१ का २७ वर्षीय रविनकुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादवलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिमल्सिनाले देवानगञ्जमा गोली चलाउने घटनामा ५ जनाको संलग्नता रहेको पाइएको बताए । ३ राउण्ड गोली चलेको प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार गोली चलाउने व्यक्ति कामेश्वर यादव रहेको र उनी हालसम्म फरार छन् । प्रारम्भिक अनुसन्धानबाट घटनाको कारण आर्थिक लेनदेन खुलेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #३ जना फरार, #breaking, #सुनसरी देवानगञ्ज गोली काण्ड : सन्दिग्ध २ पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:36 am6:30 pm +0545