आगलागीले १६२ हेक्टर जङ्गल सखाप

तनहुँ, वैशाख २ गते । तनहुँका जङ्गलमा आगलागी बढ्न थालेको छ । १२ ठाउँमा लागेको आगलागीबाट एक सय ६२ हेक्टर जङ्गललाई सखाप पारेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लामो खडेरीले गर्दा यसवर्ष यहाँका वन डँढेलोको घटना बढ्न थालेको उहाँले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “खडेरीले पातपतिङ्गर सुक्दा तथा हावाहुरीले गर्दा वन क्षेत्रमा अहिले आगलागीको उच्च जोखिममा छ ।”
पानी कम परेकोले ज्वलनशील पदार्थ अधिक जम्मा हुँदा वन जोगाउन सकस भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरदकुमार अधिकारीले बताउनुभयो । कार्यालयका अनुसार डढेलो रोकथामका लागि जिल्लामा विशेष अभियान सुरु गरिएको छ । डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने भएको न्युनीकरण गर्न अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
जिल्लाको दस वटै पालिकामा अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । सामुदायिक वनका पदाधिकारी र पालिकाको विपद् तथा वातावरण शाखाका कर्मचारीलाई सहभागी गराई जोगिने अभियानको बारेमा प्रशिक्षण प्रदान गरिएको हो । अभियान अन्तर्गत बस्ती नजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थान गर्ने काम भइरहेको सूचना अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो ।
जिल्लाको अधिकांश ठाउँमा सामुदायिक वन, कबुलियती वन निजी आवादी वन डढेलोको उच्च जोखिममा छन् । यसको रोकथाममा रेडक्रस, उपभोक्ता, वन हेरालु र वन उपभोक्ता समिति, नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेनासँग, स्काउट सहकार्य गरी अभियान सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
जङ्गलमा लागेको आगो निभाउनका लागि ट्याक्टरमा बोक्न मिल्ने गरी चार हजार दुई सय लिटर पानी अट्ने क्षमताको अग्नि नियन्त्रक पानी ट्याङ्की निर्माण गरिएको छ । गत वर्ष एक हजार लिटर क्षमताको एक थान निर्माण गरिसकिएको वन अधिकृत नविन विश्वकर्माले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आगलागीले १६२ हेक्टर जङ्गल सखाप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्