Techie IT
सोमबार, वैशाख १,२०८२

सुनको मूल्य हालसम्मकै उच्च


काठमाडौं, ३१ चैत । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुनको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Fair
5:37 am6:29 pm +0545