Techie IT
शनिबार, चैत्र २९,२०८१

पोखरामा आज एमालेको बृहत् जागरणसभा, वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने


पोखरा, ३० चैत । नेकपा (एमाले)ले आज गण्डकी प्रदेशको राजधानी पोखरामा बृहत् जागरणसभा गर्दैछ । एमाले कास्की जिल्ला कमिटीको आयोजनामा चिप्लेढुंगामा जागरणसभा हुन लागेको हो ।

लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा जागरणसभाको आयोजना गरेको हो । जागरणसभालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विशेष सम्बोधन गर्नेछन् ।

जागरणसभाको तयारी पूरा भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभाअघि ३ ठाउँबाट बृहत् र्‍याली निकालिने उनले बताए ।

उनका अनुसार सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्‍याली निकालिने र र्‍याली चिप्लेढुंगा पुगेर सभामा मिसिनेछ । रानीपौवाबाट सुरू हुने र्‍यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा–१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९, ३०, ३१, ३१ को टोली सहभागी हुनेछन् । सभागृहको र्‍यालीमा पोखरा–५, ६, ७, ८, ९, १७, २१, २२, २३, ३३ र पोखरा–१८ र २४ को तल्लो भाग, नदीपुरमा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, पोखरा–१, २, ३, ४, १६, १९, २५ र पोखरा–१८ र २४ को तल्लो भागको टोली सहभागी हुनेछ ।

जागरणसभामा कास्कीसहित तनहुँ, पर्वत, स्याङ्जालगायत जिल्लाबाट पनि सहभागिता रहनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरामा आज एमालेको बृहत् जागरणसभा, #वरिष्ठ उपाध्यक्ष पोखरेलले लगाए भाइटीका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:40 am6:28 pm +0545