Techie IT
शनिबार, वैशाख ६,२०८२

यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ देशका मुख्य राजमार्गहरूको अवस्था


काठमाडौं । बाढी र पहिरोका कारण देशका तीनवटा मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेका छन् । तीनवटै राजमार्ग कर्णाली प्रदेशका छन् ।

प्रहरीका अनुसार रुकुम पश्चिममा राप्ति राजमार्ग अन्तरगत मुसिकोट ११ पृतिवाङ खोलामा सडक अवरुद्ध छ । त्यहाँ चैत २६ गते बाढीले क्षति गरेको थियो ।

यस्तै कालिकोटको सुर्खेत हुम्ला सडकखण्ड अन्तरगत पचालझर्ना ८ जाजरकोटमा पहिरोले सडक अवरुद्ध छ । सल्यानको जाजरकोट सडकखण्डको बनगार कुपिन्डे ११ धारापानीमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध छ ।

यता, बागमती प्रदेशको काभ्रेपलान्चोकका तीन स्थानमा सडक एकतर्फी सञ्चालनमा छन् । गत असोजमा आएको पहिरोले बीपी राजमार्ग अन्तरगत रोशी ८ चारसयवेशी, सोशी ७ घुमाउने र रोशी ११ पिप्लेमा सडक एकतर्फी सञ्चालनमा छ ।

धादिङको बेनिघाटरोराङ ७ कष्णभिरमा पनि पहिरो जाँदा सडक रुकतर्फी छ । उता, दार्चुलाको गोकुलेश्वर-दार्चुला सडकखण्डमा पर्ने महाकाली ५ मा पहिरो जाँदा सडक एकतर्फी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ देशका मुख्य राजमार्गहरूको अवस्था


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545