Techie IT
शनिबार, वैशाख ६,२०८२

चीनसँग १२५% बढी भन्सारपछि वार्ता गर्न ट्रम्पको घोषणा


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग कुराकानीका लागि तयार रहेको बताएका छन् । कारण, उनले चीनमाथि १२५ प्रतिशत भन्दा बढीको भन्सार दर (ट्यारिफ) लगाइदिएका छन् । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले चीन तथा अन्य कुनै दोस्रो मुलुकसँग ‘निष्पक्ष सम्झौता’ गरिने बताए ।

ट्रम्पले उच्च भन्सार दरको कार्यान्वयनमाथि ९० दिनको रोक लगाउने घोषणा समेत गरेका छन् । यसको अर्थ अधिकांश मुलुकलाई ‘सार्वभौमिक १० प्रतिशत’ शुल्क लागू हुनेछ ।

ट्यारिफमा छुटको खबरपछि उथल–पुथलको सामना गरेको वित्तीय बजारमा उछाल आएको छ । र, विश्लेषकहरुले अमेरिका अधिकांश देशसँग राम्रो व्यवहार गर्न थालेको बताएका छन् । एन्थनी जुर्चरले ‘अन्य मुलुकसँग राम्रो व्यवहार गरे पनि चीनसँग व्यापार युद्ध थप बढ्ने खतरा रहेको’ धारणा राखेका छन् ।

अमेरिकाको छिमेकी क्यानाडा र मेक्सिकोले अझै पनि ट्यारिफको सामना गर्नु पर्ने छ, जुन अमेरिकाले अघिल्लो महिना लागू गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चीनफिङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545