Techie IT
बिहीबार, वैशाख ४,२०८२

आज काठमाडौंका तीन स्थानमा प्रदर्शन


काठमाडौं, २६ चैत । आज काठमाडौंका तीन स्थानमा प्रदर्शन हुने भएको छ ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।

राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने भएका छन् ।

यस्तै, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्नेछन् । सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौंका तीन स्थानमा प्रदर्शन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mist
5:35 am6:30 pm +0545