Techie IT
मंगलबार, चैत्र २५,२०८१

जेल जाँदाजाँदै रविको चेतावनी- पालो सबैको आउँछ, मैले जसरी अरुले पनि जाँच दिनुपर्छ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै कानूनले दिएको अधिकार प्रयोग गर्ने बताएका छन् । आज कारागार चलान हुनुअघि उनले तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने जनाउ दिए ।

रविले भने, ‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु । तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुनेछन् ।’

पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन उनले आग्रह गरेका छन् । ‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्, अभियानलाई जनताको बीचमा पुर्याउनुस्’, उनी भन्छन् ।
आफूमाथि राजनीतिक प्रतिशोध भएको रविको गुनासो छ ।

‘पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ’, उनले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #जेल जाँदाजाँदै रविको चेतावनी- पालो सबैको आउँछ, #मैले जसरी अरुले पनि जाँच दिनुपर्छ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Haze
5:45 am6:26 pm +0545