प्रशिक्षण कार्यक्रम सम्पन्न

खिमराज गिरी
ने.क.पा.एमाले सम्पर्क समन्वय कमिटी अन्तर्गत उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको दोस्रो पूर्ण बैठक मिति २०८१ साल चैत्र २० गते च्यासलमा विविध गतिविधि तथा महत्वपूर्ण निर्णयकासाथ सम्पन्न भएको छ । नेकपा एमाले सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य तथा उपभोक्ता हित संरक्षण तथा सुशासन विभागका प्रमूख श्री विष्णु सिग्देलको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य श्री सरस्वती बस्नेत, सम्पर्क समन्वय कमिटीका संयोजक श्री श्यामकुमार बस्नेत, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तथा पार्टीको केन्द्रिय विभाग सदस्य श्री विष्णु तिमल्सिना, सम्पर्क समन्वय कमिटीका सदस्य तथा विभिन्न विभागीय सदस्यहरुको उपस्थिति रहको उक्त बैठकमा परिचय, प्रशिक्षण कार्यक्रम, जरा अभियानको उद्येश्य तथा प्रगति विवरणवारे सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेत, उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमल्सिना तथा बैठकका अध्यक्ष विष्णु सिग्देलले जानकारी गराउनु भएको थियो ।
उक्त बैठकमा उपभोक्ता हित संरक्षण तथा सुशासन सम्बन्धी विभागीय प्रशिक्षण भएको थियो ।
उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण भनेको के हो र उपभोक्ताको हितलाई कसरी संरक्षण गर्न सकिन्छ तथा यसका कानुनी प्रावधानहरु, यदि कुनै पनि उपभोक्ताहरु अन्यायमा परेको अवस्थामा कानुनी उपचार कसरी पाउन सकिन्छ ? र, हालै नेकपा एमालेको पहलमा गठन भएको उपभोक्ता अदालतले के कस्तो अवस्थामा के कस्तो किसिमले पीडितलाई न्याय दिन्छ भन्ने सन्दर्भमा पनि प्रशिक्षकहरुले बताउनु भएको थियो । यसवाट के कुराको जानकारी पाउन सकिन्छ भने वास्तवमा कुनै पनि सामान उपभोग गर्ने सवै ब्यक्तिहरु उपभोक्ता हुन्छन् र उक्त सामानहरु उपभोग गर्दा उपभोक्ता तथा विक्रेताले के कस्ता संवेदनशील कुराहरुमा ध्यान दिनुपर्दछ भन्ने कुराको सचेतना तथा अति जीवनपयोगी कुराहरुको जानकारी पनि प्रशिक्षकबाट गराइएको थियो ।
यसर्थमा यदि कुनै पनि ब्यक्ति उपभोग्य बस्तुहरु किन्दा मर्कामा परेको छ भने अव उप्रान्त उपभोक्ता अदालत गठन गरेपश्चात् कानुनी उपचार सहजै आर्थिक भार नपर्ने गरी पाउन सक्ने ब्यवस्था गरिएको जानकारी पनि उक्त प्रशिक्षण कार्यक्रममा गराइएको थियो । साथै उक्त बैठकमा क.उमेश दाहाललाई विभागको सचिवमा मनोनित गरिएको छ । यसरी आगामी २०८२ साल बैशाख १३ गते सनिवारको दिन कोशी प्रदेश सम्पर्क कमिटीको कार्यालयमा प्रशिक्षण कार्यक्रम हुने निर्णयसँगै उक्त बैठकका अध्यक्ष विष्णु सिग्देलद्धारा कार्यक्रम समापन गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रशिक्षण कार्यक्रम सम्पन्न
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्