Techie IT
शनिबार, चैत्र २९,२०८१

शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा, एसईईको उत्तर पुस्तिका परीक्षण समेत रोकियो


काठमाडौं । नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।

 

शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले अब शैक्षिक हड्ताल घोषणा गरेको हो ।

देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ ।

 

यो अवधिमा एसईईका उत्तर पुस्तिका समेत परीक्षण नहुने भएकाले नतिजा प्रकाशनमा समेत असर पर्नेछ ।

पठनपाठन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलगायत सबै काम रोक्न महासंघले आह्वान गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एसईईको उत्तर पुस्तिका परीक्षण समेत रोकियो, #शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mist
5:40 am6:28 pm +0545