राजावादीले गरेको तोडफोड र आगजनीको जिम्मा ज्ञानेन्द्रले लिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शुक्रबारको घटनामा पूणरुपमा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी रहेको भन्दै सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजाले नै लिनुपर्ने बताएका हुन् ।
पूर्वराजालाई संविधानले नागरिकलाई दिएको हक अधिकारभन्दा बढी दिएर राखेको भन्दै उनले यसलाई सम्मान गर्न नसकेको तर्क गरे । शर्माले जसको उक्साहटमा घटना भएको छ, त्यहीअनुसार छानबिन हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताए ।
उनले मुलुकमा भएका घटनाका विषयमा सदनमा कुरा राख्न नपाउने अवस्था सिर्जना भएको र यसमा सिंगो संसद नै दोषी भएको धारणा राखे । प्रधानमन्त्रीले सदनमा जवाफ दिने भनिसक्दा पनि अहिलेको अवस्थामा सदन अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजावादीले गरेको तोडफोड र आगजनीको जिम्मा ज्ञानेन्द्रले लिनुपर्छ : विश्वप्रकाश शर्मा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्