Techie IT
बुधबार, चैत्र २६,२०८१

जरिवाना पत्र बोकेर गएको महानगर टोली निर्मल निवासको गेटबाटै फर्कियो


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर काठमाडौं महानगर प्रहरीको टोली निर्मल निवास पुगेको छ ।

 

शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेकोमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।

उक्त पत्र लिएर आइतबार महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर, उनीहरूलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जरिवाना पत्र बोकेर गएको महानगर टोली निर्मल निवासको गेटबाटै फर्कियो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Mist
5:43 am6:26 pm +0545