Techie IT
आईतबार, वैशाख ७,२०८२

सन्तोष परियार चढेको सरकारी गाडीमा राजावादीले गरे आगजनी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन् ।

बेलुकी कर्फ्यु लागेपछि परियार भित्री बाटो प्रयोग गरेर भक्तपुरस्थित आफ्नो निवासमा जाँदै थिए । त्यस क्रममा अगाडिबाट आएको भिडले रोकेको उनले बताए ।

‘सरकारी नम्बर प्लेट देख्नासाथ रोकेर होहल्ला गर्न थाले । चालक साथी र ममात्रै थियौं । हामी दुवैलाई बाहिर निकालेर गाडीमा आगो लगाए । हामी दुवैजना सकुशल छौं’, उनले भने ।

परियारले आफूलाई नचिनिकन गाडीमा आगजनी गरिएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्तोष परियार चढेको सरकारी गाडीमा राजावादीले गरे आगजनी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545