सुरक्षा चुस्त बनाउन सेना सडकमा

काठमाडौँ, चैत १५ गते । काठमाडौँको तीनकुने क्षेत्रमा तनाव भएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेना सडकमा खटाइएको हो । उहाँले सेना परिचालन नभएर सुरक्षार्थ खटाइएको प्रष्ट पार्नुभयो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार दिउँसोबाट निषेधाज्ञा (कर्फ्यू) जारी गरेपछि सेनाको टोली परिचालन गरिएको हो। सेनाको बख्तरबन्दसहितको टोली तीनकुनेसहितका क्षेत्रमा पुगेको छ । काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेपछि सुरक्षाका लागि सेना खटिएको छ ।
निषेधाज्ञा अवधिभर आवत-जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुरक्षा चुस्त बनाउन सेना सडकमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्