Techie IT
आईतबार, वैशाख ७,२०८२

कुलमान घिसिङको रिटमा सुनुवाइ जारी


काठमाडौँ, चैत १५ गते । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा सुनुवाइ जारी रहेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा उक्त रिटमा सुनुवाइ जारी रहेको हो ।

घिसिङद्वारा दायर रिटमा आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनर्स्थापनाको माग गरिएको छ ।सर्वोच्च अदालतले सार्वजनिक गरेको पेसी सूची अनुसार, घिसिङको निवेदन दोस्रो क्रममा रहेको छ ।

यसैगरी, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा पनि आजै सुनुवाइ हुने भएको छ । न्यायाधीश मुसलमानको इजलासमै शाक्यद्वारा दायर रिटमा सुनुवाइ हुन लागेको हो । शाक्यको निवेदन पाँचौँ क्रममा छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कुलमान घिसिङको रिटमा सुनुवाइ जारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545