Techie IT
आईतबार, वैशाख ७,२०८२

राजावादी समर्थकहरु तीनकुनेबाट जबरजस्ती बानेश्वर आउन खाेजेपछि प्रहरीसँग धकेलाधकेल


काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल भएकाे छ ।

 

तीनकुने भेला भएको राजावादी समर्थकहरु नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि घम्साघम्सी भएको हो ।

प्रहरीले तीनकुने पुलबाट बानेश्वर प्रवेशमा समर्थकहरुलाई रोक लगाएको छ । कोटेश्वरबाट आएको र्‍याली तीनकुने पुल क्रस गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।

 

तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रहरीले दुर्गा प्रसाई‌ं नेतृत्वकाे आन्दाेलनलाई तीनकुनेमा मात्रै सीमित राख्न खाेजेकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजावादी समर्थकहरु तीनकुनेबाट जबरजस्ती बानेश्वर आउन खाेजेपछि प्रहरीसँग धकेलाधकेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545