Techie IT
आईतबार, वैशाख ७,२०८२

तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चारजनाको मृत्यु


तुलसीपुर, चैत १५ गते । तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चारजनाको मृत्यु भएको छ ।  तुलसीपुरबाट भारतको विभिन्न तीर्थस्थल यात्राका लागि बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कर्पियो गाडी भारतको तुलसीपुर नजिकै दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनीका अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चारजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी तुलसीपुर–७ कै निवासी मोतीराम वलीकी आमा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृतक दुईजनाको भने अझै नाम खुलेको छैन । गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएको उहाँले बताउनुभयो । वडाध्यक्ष जिसीका अनुसार  दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो । मृतक चारजनालाई घरमा ल्याउने थालिएको वडाध्यक्ष जिसीले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चारजनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545