कुलमान प्रकरण : विपक्षीले छाडेनन् अडान, सदन बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्री केपी ओलीले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरू नहुँदै स्थगित गरिएको हो ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, विपक्षीले अडान नछाडेपछि २ बजेसम्मको लागि बैठक स्थगितको सूचना टाँसिएको छ ।
हिजो पनि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको थियो । यता राष्ट्रियसभा बैठक पनि विपक्षीको अवरोधपछि एक घण्टाका लागि स्थगित गरिएको छ ।
विपक्षीले प्रधानमन्त्रीको जवाफ मागिरहेको बेलामा प्रधानमन्त्रीले हिजो एक कार्यक्रममा ‘एउटा कर्मचारीलाई हटाएर, अर्को राखियो सकियो’ भनेका थिए । प्रधानमन्त्रीको यो भनाइले विपक्षीहरू झन् बिच्किएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुलमान प्रकरण : विपक्षीले छाडेनन् अडान, #सदन बस्दै नबसी स्थगित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्