आगलागीबाट १५ लाखको क्षति

भारदह(सप्तरी), चैत १४ गते । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ५ गंगाजलीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको जनाइएको छ ।
बिहीबार बिहान ३ बजे स्थानीय सोमप्रसाद आचार्यको गाईगोठमा बालेको घुरबाट आगलागी हुँदा जस्ता र काठले बनेको एकतले गाईगोठ र गोठमा भएको भैंसीको पाडा तथा दुईवटा बाख्रा जलेर नष्ट भएको छ ।
गोठसँगै रहेको घरमा समेत आंशिक क्षति भएपछि १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता एवम् डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।
आगो निभाउने क्रममा आचार्यको हात, खुट्टा र शरीर आगोले पोली सामान्य घाइते भएका छन् । आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयकोको सहयोगमा नियन्त्रणमा लिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #आगलागीबाट १५ लाखको क्षति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्