Techie IT
आईतबार, वैशाख ७,२०८२

विपक्षी दलकाे विराेधपछि प्रतिनिधिसभाकाे बैठक स्थगित


काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलको विरोध गरेपछि भोलि विहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको हो ।

 

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयकाे विराेध गर्दै विपक्षी दलले पुन सदन अवराेध गरेका थिए ।

विपक्षी दलका सांसदहरुले आआफ्नाे कुर्सीबाट उठेर विराेध जनाएपछि सभामुख घिमिरेले भाेलि बिहान ११ बजेसम्मकाे लागि बैठक स्थगित गरेका हुन् ।

 

यसअघि बिहान बैठक सुरु हुने वितिकै पनि विपक्षी दलका सांसदहरुले सदनमा उठेर विराेध जनाएका थिए । लगतै सभामुखले आधा घण्टाकाे लागि बैठक स्थगित गरेर ५ दलका सांसदहरुसँग छलफल गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विपक्षी दलकाे विराेधपछि प्रतिनिधिसभाकाे बैठक स्थगित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545