Techie IT
आईतबार, वैशाख ७,२०८२

काभ्रे जिसस प्रमुख तथा नेकपा एसका नेता दीपक गौतम बैंकिङ कसुरमा पक्राउ


काठमाडौं । काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम पक्राउ परेका छन् ।

 

उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका गौतम गत स्थानीय तह निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनबाट काभ्रेको जिसस प्रमुख बनेका थिए ।

 

विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरिएको त्यहाँका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए ।

रकम भुक्तानी दिनुपर्ने व्यक्तिहरुलाई राष्ट्रिय बाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा रहेको खाताको चेक काटेका कारण उनीविरुद्ध त्यहाँ मुद्दा दायर भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काभ्रे जिसस प्रमुख तथा नेकपा एसका नेता दीपक गौतम बैंकिङ कसुरमा पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545