कुलमान बर्खास्ति प्रकरणबारे प्रधानमन्त्रीः इस्यू पाइयो भनेर खुब उफ्रिराख्या छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति भइरहेको विरोधलाई लिएर असन्तुष्टी प्रकट गरेका छन् ।
तीललाई पहाड बनाउन खोजिएको उनको टिप्पणी छ । आज एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले भने, ‘ससाना कुराहरुलाई तीलको पहाड बनाएर, त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ ।
अहिले पनि एउटा सानो त्यान्द्रो पाएजस्तो लाग्यो केही मान्छेलाई । खुब उफ्रिराख्या छन् । के-के न पायौं भनेर, इस्यू भेटियो भनेर कुदिराख्या छन् ।
हिजैदेखि सुरु छ वक्तव्यबाजी । यही मौका हो, यही त्यान्द्रो, यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुद्या छन् । केही अर्थ छैन । हामीले देश र जनताको हितका लागि काम गर्नुपर्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #कुलमान बर्खास्ति प्रकरणबारे प्रधानमन्त्रीः इस्यू पाइयो भनेर खुब उफ्रिराख्या छन्
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्