कर्मचारीलाई बनाउन लगाएको प्रतिवेदन सार्वजनिक गर्दै बालेनको चुनौति– गलत भए मलाई जेल हाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई जेल हाल्न सरकारलाई चुनौति दिएका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध आफ्नै कर्मचारीहरुलाई बनाउन लगाएको राय प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो चुनौति दिएका हुन् ।
फेसबुकमा बालेनले स्टाटस लेख्दै गुरागाईंलाई भ्रष्टाचारी संज्ञा दिएका छन् ।
उनले लेखेका छन्, ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने रु माथिको कुरा गलत भए मलाई जेल हाल ।’
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानविन गर्न बालेनले एउटा छानविन समिति बनाएका थिए । उक्त समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ति नगरेको प्रतिवेदन तयार गर्यो ।
तर, बालेनले उक्त प्रतिवेदन बुझ्न मानेनन् । त्यसपछि उनले महानगरकै तीन विभागीय प्रमुखहरुलाई आफूले चाहेअनुसारको प्रतिवेदन लेख्न लगाएका थिए । सोही प्रतिवेदन उनले आज फेसबुकमा हालेका हुन् ।
बालेनले सार्वजनिक गरेको प्रतिवेदनमा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएको नक्शालाई निस्क्रिय गर्ने काठमाडौं महानगरको निर्णयलाई निरन्तरता दिन सुझाव दिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्मचारीलाई बनाउन लगाएको प्रतिवेदन सार्वजनिक गर्दै बालेनको चुनौति– गलत भए मलाई जेल हाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्