Techie IT
सोमबार, वैशाख ८,२०८२

बसपार्क पुलदेखि उत्तरतर्फको नदी करिडोरमा पार्क तथा उद्यान निर्माण हुँदै, व्यवसायीहरूलाई जग्गा खाली गर्न नगरपालिकाको सूचना


मैजुहिटी, काठमाडौँ । टोखा नगरपालिका, मैजुहिटी काठमाडौंले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेको छ। सार्वजनिक सूचनाअनुसार टोखा नगरपालिका वडा नम्बर ९ अन्तर्गत नयाँ बसपार्क पुलदेखि उत्तरतर्फ पर्ने नदी करिडोर क्षेत्र खाली गरिनुपर्नेछ।

 

नगरपालिकाले उक्त क्षेत्रमा पार्क तथा उद्यान निर्माणका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट बजेट व्यवस्थापन भइसकेको जनाएको छ। यसै अनुसार, टोखा नगरपालिकाले शिलान्यास कार्य समेत सम्पन्न गरिसकेको छ।

सो क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका तथा गोदाम राखेका व्यक्तिहरूलाई चैत १० गतेको मितिबाट एक हप्ताभित्र उक्त स्थान खाली गर्न आग्रह गरिएको छ। नगरपालिकाले तोकिएको मितिसम्म स्थान खाली नगरे कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बसपार्क पुलदेखि उत्तरतर्फको नदी करिडोरमा पार्क तथा उद्यान निर्माण हुँदै, #व्यवसायीहरूलाई जग्गा खाली गर्न नगरपालिकाको सूचना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545