एरिकालाई ‘हिमालयन वारियर’ उपनाम

काठमाडौँ, चैत ११ गते । १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल कराते खेलाडी एरिका गुरुङलाई नेपाल कराते महासङ्घले ‘हिमालयन वारियर’ उपनामले सम्मान गर्ने भएको छ ।
कराते महासङ्घको वार्षिक साधारणसभाले एरिकालाई उक्त सम्मान गर्ने निर्णय गरेको हो । सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा एरिकाले नेपाललाई रजत पदक दिलाउनुभएको थियो ।
नेपालले एसियाली खेलकुदमा २५ वर्षपछि रजत जितेको थियो भने करातेले पहिलो पटक रजत जितेको थियो । एरिका एसियाड र एसिएन च्याम्पियनुिपमा समेत रजत जित्ने एक्लो महिला खेलाडी हुनुहुन्छ । उहाँले सन् २०२४ को एसिएन कराते च्याम्पियनसिपमा पनि रजत जित्नुभएको थियो ।
महासङ्घको साधारण सभाले विश्व कराते महासङ्घको निर्देशनअनुसार नेपाल कराते महासङ्घघको विधानमा आवश्यक संशोधन गर्ने, प्रशासनिक, व्यवस्थापन सम्बन्धी नियमावली, कार्यविधि तथा निर्देशिका २०८१ अनुमोदन गर्ने निर्णय गरेको छ ।
यस्तै साधारणसभाले राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक र टिम म्यानेजर सम्बन्धी कार्यविधि, महासचिव र कोषाध्यक्षको प्रतिवेदन, राष्ट्रिय कराते एकेडेमी को कार्यविधि, प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गर्ने निर्णय गरेको छ । महासङ्घमा रिक्त पदाधिकारी मनोनयन गर्ने अधिकार अध्यक्ष युवराज लामालाई दिने निर्णय पनि गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एरिकालाई ‘हिमालयन वारियर’ उपनाम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्