Techie IT
सोमबार, वैशाख ८,२०८२

पद्मकन्या क्याम्पसमा प्यानलै जितेका नेविसंघका बागीको विजय जुलुस (तस्बिरहरू)


काठमाडौं । पद्मकन्या क्याम्पसमा नेविसंघबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका विद्यार्थीहरुले जुलुस निकालेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएपनि उनीहरुले नेविसंघ जिन्दावादको नारा लगाउँदै विजयी जुलुस निकालेका हुन् । ‘नेविसंघ जिन्दावाद’, ‘विद्यार्थी जिन्दावाद’, ‘यो जित कस्को विद्यार्थीको’ जस्ता नारा लगाएको थिए ।

जुलुसमा उनीहरुले दुर्गेश थापाको चर्चित गीतमा डान्स गर्दै खुसी साँटेका थिए ।

नेविसंघको आधिकारिक उम्मेदवारलाई हराउँदै त्रिविअन्तर्गतको आंगिक क्याम्पस पद्माकन्या क्याम्पस सभापतिमा नेविसंघकै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी थिइन् । ऐरले ७३० मत ल्याएर विजयी भएकी हुन् ।

नेविसंघकी पूर्णिमा परियारलाई पराजित गर्दै ऐर विजयी बनेकी हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पद्मकन्या क्याम्पसमा प्यानलै जितेका नेविसंघका बागीको विजय जुलुस (तस्बिरहरू)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545