Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रकाशमान सिंहलाई बालेनको सुझाव- गणेशमान सिंह र कांग्रेसको इतिहास माटोमा नमिसाउनुहोला


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति असन्तुष्टि पोखेका छन् । पिता गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन उनको सुझाव छ ।

आज फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले यस्तो सुझाव दिएका हुन् । काठमाडौंका अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुराहरु सधैँ कुरामै सीमित रहेको आरोप पनि उनले लगाएका छन् ।

‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश चाहिँ नहराउनुहोला, यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला’, बालेनले लेखेका छन् ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रकाशमान सिंहलाई बालेनको सुझाव- गणेशमान सिंह र कांग्रेसको इतिहास माटोमा नमिसाउनुहोला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545