Techie IT
सोमबार, वैशाख ८,२०८२

नागढुंगामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागाढुंगामा आइतबार साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।

 

चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५/२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ ।

हाइस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नागढुंगामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, #नौ घाइते


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545