Techie IT
सोमबार, वैशाख ८,२०८२

तारकेश्वर नगरसभा सुरु


काठमाडौँ, चैत १० गते । काठमाडौँ तारकेश्वर नगरपालिकाको आइतबार नगर कार्यपालिका कार्यालय धर्मस्थलीमा भएको १६ औँ नगरसभा सुरु भएको छ ।

नगर प्रमुख कृष्णहरि महर्जनलगायत जनप्रतिनिधि नगरसभामा सहभागी हुनुभएको छ ।

सूचना अधिकारी सागर अर्यालका अनुसार, उद्घाटन सत्रपछि बन्द सत्र सुरु हुने छ ।

बैठकले त्यसमा चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमको मूल्याङ्कन गर्दै आवश्यक परेमा संशोधन गर्न सक्ने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरसभा सुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545