Techie IT
सोमबार, वैशाख ८,२०८२

भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै सानेपामा प्रदर्शन


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय अगाडि नेपाली कांग्रेस सर्लाहीले प्रदर्शन गरेको छ ।

 

सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित भएको नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई संरक्षण गरेको भन्दै जिल्लाका उपसभापति,क्षेत्रीय सभापति लगायतका पदाधिकारीहरुले प्रदर्शन गरेका हुन् ।

 

 

केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीसहितको टोलीले सभापति शेरबहादुर देउवालाई निवेदन लेखेर सभापतिबाट बर्खास्त गर्न माग गरेका छन् । उनीहरुले दुई बुँदे माग समेत राखेका छन् ।

सर्वोच्च अदालतले भ्रष्टाचारमा दोषी प्रमाणित गरि सजाय तोकेका नेपाली का्रग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई नेपाली कांग्रेसको नवौ संसोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ)ं र राजनीतिक दल सम्वन्धि ऐन २०७३ को परिच्छेद ३को(ख) बमोजिक बरखास्त गर्नुपर्ने माग छ ।

त्यस्तै कांग्रेसको विधान वमोजिम सिंहलाई कांग्रेस सर्लाही जिल्ला सभापति पदबाट बरखास्त गरि तत्काल विधान बमोजिक सभापतिको चयन गर्न समेत माग राखेका छन् । उनीहरुले शुक्रबारदेखि पार्टी कार्यालयमा धर्ना बसेका छन् । आज कार्यसम्पादन समितिको बैठक १ बजेदेखि बस्दैछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै सानेपामा प्रदर्शन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545