रास्वपा राजावादी कि गणतन्त्रवादी ? कार्यवाहक सभापति अर्यालले दिए यस्तो जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले दुई ठूला पार्टी कांग्रेस र एमाले देशमा विषम परिस्थिति ल्याउन मिलेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारप्रति जनताको विश्वास नरहेपछि सडकमा निस्किन थालेको बताए ।
पछिल्लो समय राजावादीको सक्रियता बढेपछि रास्वपा राजावादी कि गणतन्त्रवादी भन्ने बहस भइरहेको छ । त्यसबारे उनले यसरी सुनाए–
लोकतन्त्रमा विषम परिस्थिति आएपछि दुईवटा ठूला दल मिल्छन् भन्ने राजनीतिज्ञहरूले भन्नुहुन्छ, तर हामीलाई चाहिँ विषम परिस्थिति ल्याउन ठूला दल मिलेको महसुस भएको छ । यो देशमा त्यस्तो विषम परिस्थिति आएको थिएन, नकि दुइटा ठूला दल मिल्नुपर्यो ।
तर त्यो अवस्था अहिले आइरहेको छ । यी दुइटा दल मिलेर ८ महिना सरकार चलाइरहेपछि पछिल्लो समय जसले कार्यक्रम आयोजना गरेको भए पनि भिड हामीहरूले देखिरहेका छौं ।
जनताको राज्यसँग अपेक्षा हुन्छ, तर राज्य आज गलिसकेको छ। त्यो गलेको राज्यलाई विश्वास गर्ने आधार अब जनतामा रहेन । त्यसैले राज्यबाट आफू सुरक्षित छु भन्ने आत्मविश्वास गुमिसकेको कारणले आज जनता जस्तोसुकै अवस्थामा सडकमा आइरहेका छन् ।
हामी यही संविधानलाई टेकेर, लोकतन्त्र र गणतन्त्रलाई मानेर स्थापना भएको पार्टी भएको हुनाले यसमै निश्चिन्त भएर पार्टी सभापतिजीले पनि पटकपटक भन्नुभएको विषय यही नै हो । हामी विचलित नभई हामीले २०७९ असार ७ गते जे घोषणा गरेका थियौं, त्यसैमा अडिग छौं ।
रास्वपा देशमा सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न स्थापना भएको हो । त्यसैले हाम्रा जनप्रतिनिधिले आआफ्नो कर्तव्य जिम्मेवार ढंगले पूरा गर्न सक्यो भने पक्कै पनि जनताले हामीसँग गरेको अपेक्षा पूरा गर्नसक्छौं ।
पछिल्लो समय पार्टी सभापतिलाई विचलित बनाएपछि रास्वपाले केही गर्न सक्दैन, यो थला पर्छ भन्नेहरू थिए, तर हामी निरन्तर जुन दिन सभापतिलाई यो सरकारले प्रतिशोध साँधेर पक्राउ गर्यो, त्यो दिनबाट देशभरि पार्टीलाई चलायमान गर्न लागिरहेका छौं । हामी अविचलित भएर सभापति जिम्मेवारीमा फर्किने र उहाँलाई निरन्तर अगाडि बढाउने तयारीमा रहेका छौं । छिट्टै पार्टी सभापतिलाई जिम्मेवारीमा फर्काउँदैछौं । अब योभन्दा बढी राज्य नलागोस्, राज्यले बुझोस् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपा राजावादी कि गणतन्त्रवादी ? कार्यवाहक सभापति अर्यालले दिए यस्तो जवाफ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्