Techie IT
सोमबार, वैशाख ८,२०८२

६० लाख धरौटी माग्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध रविले गरे पुनरावेदन


काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा ६० लाख धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले पुनरावेदन गरेका छन् ।

 

गत माघ ३ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो । उक्त धरौटी मागको आदेश बदर गरी तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम पाटन उच्च अदालतमा निवेदन गरेका हुन् ।

पुनरावेदन निवेदन दर्ता गराउन लामिछाने हरिहर भवन आउने जानकारीपछि रास्वपाका नेता-कार्यकर्ता अदालत बाहिर जम्मा भएका थिए ।

 

चितवनको सहारा सहकारी सम्बन्धी मुद्दामा माघ २४ गते ५४ लाख धरौटी मागेको मुद्दामा पनि उनले पुनरावेदनको तयारी गरेका छन् । लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको धरौटी आदेशविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् ।

पर्साको सानो पाइला सहकारी बचत अपचलनको मुद्दामा लामिछानेविरुद्ध अनुसन्धान जारी छ । मुद्दा भने दर्ता गरिसकिएको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #६० लाख धरौटी माग्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध रविले गरे पुनरावेदन, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545