Techie IT
सोमबार, वैशाख ८,२०८२

काठमाडौँको तारकेश्वरमा कुकर पड्किँदा नुवाकोटका एकजना घाइते


तारकेश्वर, ७ चैत । कुकर पड्केर नुवाकोटका एक युवा घाइते भएका छन्। बुधबार साँझ ६ बजेतिर काठमाडौँ जिल्ला तार्केश्वर नगरपालिका वडा नम्बर ३, तिनपिप्लेस्थित सविन तिवारीले सञ्चालन गरेको उज्वल तथा सम्पन्न खाजा घरमा कुकर पड्किएको हो।

 

उक्त घटनामा नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर ९ घर भएका विशाल तामाङ घाइते भएका छन्। घटना लगत्तै उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। सामान्य उपचारपछि उनी घर फर्किएका छन् भने उनको अनुहारमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

विशाल नुवाकोट स्थायी बासिन्दा भए पनि हाल तिनपिप्लेमा नै बस्दै आएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँको तारकेश्वरमा कुकर पड्किँदा नुवाकोटका एकजना घाइते


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545