Techie IT
सोमबार, वैशाख ८,२०८२

तारकेश्वर नेपालटारमा सिसिटिभी, ट्राफिक लाइट र कालोपत्रे सडकले बढायो सौन्दर्यता


तारकेश्वर, काठमाडौं । तारकेश्वर नगरपालिका अन्तर्गत नेपालटार क्षेत्रमा पूर्वाधार सुधारको काम भएको छ। नेपालटार-डाँडागाउँ सडकको कालोपत्रे भएसँगै, सुरक्षा र सवारी व्यवस्थापनलाई सहज बनाउन प्रविधिहरू राखिएका छन्।

नगरपालिकाको बजेटमा नेपालटार चोक तथा मुख्य नाकामा अटो डिटेक्टिभ सिसी क्यामेरा र सडक बत्ती जडान गरिएको छ। नगरपालिकाका पूर्वाधार शाखा प्रमुख उज्ज्वल न्यौपानेका अनुसार, नेपालटार चोकमा ट्राफिक लाइट राखिएको छ । गेट र चोकमा अटो डिटेक्टिभ सिसी क्यामेरा मेसिन जडान गरिएको छ जसको अब्जर्भेसन नगरपालिका र ट्राफिक प्रहरीले गर्नेछन्।

नगरप्रमुख कृष्णहरि महर्जनले तारकेश्वरलाई सुरक्षित र व्यवस्थित बनाउन सिसी क्यामेरा, सडक बत्ती तथा ट्राफिक लाइट जडान गर्न बजेट व्यवस्था गरिएको बताए। तारकेश्वर प्रवेशद्वारमा मौलिकता झल्काउने गेट निर्माण कार्य पूरा भएको छ।

नेपालटार डाँडागाउँ सडकको तीन स्थानमा सडक बत्ती जडान गरिएको छ । भूमिगत तारको व्यवस्थापन, नयाँ ढल प्रणाली र स्तरीय कालोपत्रे गरिएको सो सडक तारकेश्वरकै नमुना सडकको बनेको छ ।

यसबाट नगरको सौन्दर्यता बढेको छ भने र ट्राफिक व्यवस्थापनका साथै सुरक्षामा सहजता आउनेछ ।

 

    


क्याटेगोरी : समाचार
ट्याग : #ट्राफिक लाइट र कालोपत्रे सडकले बढायो सौन्दर्यता, #तारकेश्वर नेपालटारमा सिसिटिभी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545