दुर्गा प्रसाईंको दावी–टोखामा ट्रकबाट बरामद २५ करोड विदेशी रकम माओवादीको हो

काठमाडौं । राजा फर्काउने अभियानको नेतृत्व गरेर सडकमा आएका मेडिकल व्यसायी दुर्गा प्रसाईले साेमबार बेलुकी टोखाबाट बरामद भएको २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको दावी गरेका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दावी गरे । उनले पछिल्लोपटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए ।
आफूले नेपाललाई तस्करले सुन तस्करीको इपिसेन्टर बनाइरहेको र त्यसबाट भारतलाई क्षति भइरहेको जानकारी पटकपटक गराएको बताए । अवैधरुपमा चीनमा रकम जाने र त्यताबाट सुन भारत जाने गरेको उनको दावी छ ।
उनले चैत १५ गते राजा फर्काउनका लागि जनविद्रोह थालिने दावी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्गा प्रसाईंको दावी–टोखामा ट्रकबाट बरामद २५ करोड विदेशी रकम माओवादीको हो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्